अल्लाहको वरदानलाई याद गर ताकि तिमीहरूलाई सफलता प्राप्त होस ।
إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. ﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ حَقَّ تُقَاتِهِ وَلَا تَمُوتُنَّ إِلَّا وَأَنْتُمْ مُسْلِمُونَ ﴾ [آل عمران: 102]. ﴿ يَاأَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَخَلَقَ مِنْهَا زَوْجَهَا وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ إِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيبًا ﴾ [النساء: 1] ﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلًا سَدِيدًا * يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا ﴾ [الأحزاب: 70، 71].
प्रशंसा र प्रार्थना पछि ।
सर्वोत्कृष्ट कुरा अल्लाहको किताब हो । सर्वोत्कृष्ट तरिका मुहम्मद साहब (स) को तरिका हो । सबै भन्दा नराम्रो काम धर्म (इस्लाम) मा नयाँ चीज मिश्रित (बिदअत) गर्नु हो र हरेक बिदअत पथभ्रष्टता हो ।
हे आस्थावान दाजुभाइहरू! आलाहको यस्तो हुकुम जसलाई अल्लाहले बारम्बार दोहर्याई राख्नु भएको छ, जसलाई याद राख्नाले दुःख कष्ट को पीडा हल्का हुन्छ। एउटा यस्तो आज्ञा जसको स्मरण गर्नु आफैंमा उपासना हो। त्यसमा विचार गर्नाले मान्छेमा पुण्य गर्ने चाहना र दुष्कर्म बाट घृणा उत्पन्न हुन्छ। तापनि हामी त्यस बाट आनाकानी गर्छौं। किनकि जिक्र को बैठकमा हाम्रो आत्मीयता काम छ। अनेकौं किसिमका क्रियाकलपहरूमा हामी धेरैनै व्यस्त रहने गर्दछौं।
जिक्रको अर्थ अल्लाहको वरदानलाई याद गर्नु हो। सर्वश्रेष्ठ अल्लाहले हूद (अ) को भनाई वर्णन गर्नु भएको छ:
﴿ فَاذْكُرُوا آلَاءَ اللَّهِ لَعَلَّكُمْ تُفْلِحُونَ ﴾ [الأعراف: 69].
अनुवाद: अल्लाहको वरदानलाई याद गर ताकि तिमीहरूलाई सफलता प्राप्त होस ।
अर्को ठाउँमा अल्लाहले सालेह (अ) को भनाई वर्णन गर्नु भएको छ:
﴿ فَاذْكُرُوا آلَاءَ اللَّهِ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ ﴾ [الأعراف: 74].
अनुवाद: अल्लाहको वरदानलाई याद र धर्तीमा फसाद मच्चाउँदै न हिन ।
र सुरा अल रहमानमा ३१ ओटा आयतहरुमा यसलाई दोहराइएको छ:
﴿ فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ ﴾ [الرحمن: 73].
अनुवाद: हे मानवजाति र जिन्नात हरु तिमीलाई आफ्नो पालनकर्ताको कुन कुन देनलाई झुटो ठहर्याउछौ ।
आउनुहोस् हामी अल्लाहका केही वरदानलाई याद गरौं । किनकि त्यसलाई याद गर्नु पनि उपासना, सौभाग्य र ईशभय को मार्ग हो ।
एकजना युनुस बिन उबैद सामु आएर आफ्नो गरिबीको गुनासो गर्न थाल्यो। युनुसले उसलाई सोधे: “तिमीले देखेको आँखाको सट्टामा एक लाख दिम तिमीलाई दिइयो भने तिमी खुसी हुनेछौ?”उसले भन्यो: नाई। युनुसले भने: के तिमी आफ्नो हातको सट्टामा एक लाख दिरहम मा खुशी हुनेछौ? उसले भन्यो: नाई। युनुसले भने: तिम्रोको खुट्टाको लागि? उसले भन्यो: नाई। उँहाले उसलाई अल्लाहको वरदानको सम्झना गराए र अन्तमा भने: तिमीसँग लाखौं दिरहम छ तापनि तिमी गरिबीको गुनासो गर्दैछौ?
वहब बिन मुनब्बिह भन्छन्, “दाऊदको घरानाको तत्वदर्षितामा लेखिएको छ: ” स्वास्थ्य एउटा अलौकिक राज्य हो ।”
परम दयालु अल्लाहका भक्तहरू! यदि तपाईलाई कुनै दु:ख छ र तपाईको मन विचलित भएको छ भने अल्लाहको वरदानलाई याद गर्नुहोस्, तपाईको मन प्रसँन हुनेछ र तपाईंले खुशी महसुस गर्नुहुनेछ ।
म मुस्लिम हुँ । सुन्ने, देख्ने, हिँड्ने, बोल्ने, सुँघ्ने, सोच्ने, पढ्ने र लेख्ने क्षमता म सँग छ । म अहलुस सुन्नत वल जमात सँग आबद्ध छु। म परिचित आमाबुवाको छोरा हुँ। मेरा दाजुभाइ दिदीबहिनी, सबै नातादार, आफन्तजन र प्रियजन, श्रीमती, सन्तान, मार्गदर्शन, व्यापार र रोजगारी, स्वास्थ्य र सुरक्षा, गाडी घोडा, सुख र शान्ति, खाना पानी, बिजुली बत्ती, सन्तुष्टि, बुद्धि र आराम, अस्पताल र उपचार र अन्य धेरै अल्लाहका वरदानहरु छन् (जसबाट म लाभान्वित हुन्छु) र सबैभन्दा ठूलो वरदान, अल्लाहमा आस्था राख्नु हो ।
परम दयालु अल्लाहका भक्तहरू! तपाई जस्तो स्वास्थ्य चाहने अस्पतालमा कति बिरामी छन्? जेलमा कति कैदीहरू छन् जो तपाईंको जस्तो स्वतन्त्रताको लागि तृष्णा गर्छन्? आश्रयस्थलमा कति शरणार्थी छन् जस्ले तपाईंको जस्तो नरम र न्यानो ओछ्यानको सपना देख्ने गर्छन्? कति मुर्दाहरु चिहानमा गाडिएका छन् जसले तपाईंको जस्तो जीवनको यापन गर्न चाहन्छन्? तपाईजस्तै पढ्न र लेख्ने चाहना राख्ने निरक्षरहरू कति छन्? उनीहरूको ज्ञानको दायरा निरक्षरताको कारण ले सीमित छ। त्यसैले उनीहरुलाई सही जानकारीको अनुसन्धान पनि कठिन हुन्छ।
परम दयालु अल्लाहका भक्तहरू! धर्म, स्वास्थ्य, शरीर र तपाईको परिवेशको हिसाबले अल्लाहले तपाईलाई दिनु भएको वरदानलाई सधैं सम्झिरहनु भयो भने त्यो कति ठूलो उपासना हुनेछ? केही पुर्खाहरू भन्ने गर्दथे: “अल्लाहको वरदानको सम्झनाले सर्वशक्तिमान अल्लाहको प्रेम सिर्जना गर्दछ।” हसन (र) भन्नु हुन्छ “यी वरदानहरूलाई धेरै सम्झने गर्नुहोस् ,किनकि तिनीहरूलाई सम्झनु भनेको अल्लाहप्रति कृतज्ञता प्रकट गर्नु हो।”
अल्लाहले तपाईंलाई र मलाई कुरानको लाभ ले लाभान्वित गरून् ।
दोस्रो प्रवचन:
الحمد لله المحسن المنان، الكريم الرحمن وأشهد ألا إله إلا الله الواحد الديان وأشهد أن محمدا عبده ورسوله إلى الأنس والجان صلى الله عليه وعلى آله وصحبه وسلم تسليما كثيرا.
प्रशंसा र प्रार्थना पछि!
आस्थावान दाजुभाइहरू! आधुनिक युगमा पाइने नयाँ वरदानहरूमा कला र विज्ञानका सबै प्रकारहरू समावेश छन् । म तपाईंलाई तीमध्ये केही मात्र याद गराउँदै छु । तपाईंले आफ्नो जिन्दगीबाट तिनीहरुलाई हटाएर हेर्दा तपाईंले धेरै कठिनाइ महसुस हुनेछ ।
कार, सडक, क्रस लाइट, घडी, एसी, बल्ब, एटीएम, कम्प्युटर, फ्याक्स मेसिन, टेलिफोन, मोबाइल, मोबाइलमा प्रयोग हुने विभिन्न एप्लिकेसन, टेलिभिजन, इन्टरनेट, मेडिकल उपकरण, माइक्रोफोन, वाशिङ मेसिन, बॉयलर, हिटर, विद्युतीय चुलो, फ्रिजर , वाटर कूलर, मिक्सर मेसिन, वाटर बॉयलर, ट्रक, क्रेन, हवाइजहाज, स्टीमर, , भाँडाकुँडा र यसका विभिन्न प्रकार, लुगाफाटा र त्यसका विविध किसिमहरु र यस्तै अन्य कुराहरूको लामो सूची छन ।
आधुनिक युगमा पाइने आधुनिक वरदानहरू मध्ये चिकित्सा, अनुसन्धान र उपचार पनि हो जसले पीडा कम गर्ने औषधि को क्षेत्रमा धेरै प्रगति गरेको छ । अल्लाह भन्नुहुन्छ:
﴿ وَسَخَّرَ لَكُمْ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ جَمِيعًا مِنْهُ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ ﴾ [الجاثية: 13].
अनुवाद: उहाँले आफ्नो तर्फबाट आकाशहरू तथा पृथ्वीका सबै चिजहरूलाई तिमीहरूको अधीनमा गरिदिएका छन् । निस्सन्देह चिन्तन मनन गर्नेहरूकालागि यसमा थुप्रै निशानीहरू छन् ।
तिनीहरूमध्ये सबैभन्दा ठूलो वरदान यो हो कि (हामीलाई) इस्लामको वरदान प्राप्त छ, जबकि ब्रह्माण्डको बहुमत अविश्वासको अवस्थामा छ । अल्लाहको प्रशंसा गर्नुहोस् । उहाँले तपाईंलाई उहाँको मात्रै उपासना गर्ने आशिष दिनु भएको छ; जसको कुनै साझेदार छैन ।
: ﴿ فَكُلُوا مِمَّا رَزَقَكُمُ اللَّهُ حَلَالًا طَيِّبًا وَاشْكُرُوا نِعْمَتَ اللَّهِ إِنْ كُنْتُمْ إِيَّاهُ تَعْبُدُونَ ﴾ [النحل: 114].
अनुवाद: अल्लाहले जेजति वैध एवं पवित्र आजीविका तिमीहरूलाई प्रदान गरेका छन् त्यसमध्ये खाऊ । र, यदि तिमीहरू अल्लाहकै उपासना गर्छौ भने उनको वरदानकानिम्ति कृतज्ञता देखाऊ ।
दुरुद र सलाम पढ्नुहोस् ।
صلى الله عليه وسلم.
(सल्लल्लाहु अलैहि वसल्लम)
उहाँमाथि अल्लाह को शान्ति र सलामती होस् ।
लेखक:
प्रख्यात शेख हुसाम बिन अब्दुल अजीज अल-जिब्रीन
अनुवादक:
मोहम्मद युसुफ
تمت قراءة هذا المقال بالفعل51 مرة!
✅ تابعنا الآن عبر فيسبوك – قناة التليغرام – جروب الوتس آب للمزيد من القصص الجديدة يومياً.
ياريت تشكرونا على المجهود فى نقل وكتابه البوست ولو بتعليق